![China Flag](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/01/China-Flag.png?fit=786%2C479&ssl=1)
९ मङ्सिर, बेइजिङ । सङ्क्रामक रोगका कारण चीनमा गत एक महिनामा दुई हजारभन्दा बढीको मृत्यु भएको छ ।
हालै सार्वजनिक भएको एक तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै सङ्क्रामक रोगका कारण दुई हजार १३८ जनाको मृत्यु भएको हो ।
राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै हेल्थ न्युजले लेखेको समाचारमा अक्टोबरमा छ लाख चार हजार २८२ जनामा सङ्क्रमण देखिएको थियो । मृत्यु भएकामध्ये ९३ प्रतिशतको ख वर्गका सङ्क्रामक रोगहरु हेपाटाइटिस, क्षयरोग, सिफिलिस, गोनोरियाका कारण भएको आयोगको भनाइ छ ।
नोभेम्बर महिनामा हैजाका बिरामी एकजना मात्रै भेटिएका थिए । चीनमा हैजा र प्लेगलाई मुख्य सङ्क्रामक रोगको सूचीमा राखिएको छ । चीनमा क वर्गको सङ्क्रामक रोगमा हैजा र प्लेगलाई राखिएको छ । (रासस/सिन्ह्वा)