१७ आश्विन २०८१, बिहीबार

जिम्बाबे सडक दुर्घटनामा ४२ जनाको मृत्यु


Nepalpatra

३० कात्तिक, हरारे । जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् ।

प्रहरी प्रवक्ता चरिती चराम्बाले विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शब निकालिएको जानकारी दिनुभयो ।

उक्त घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । बसमा यात्रारत कतिपय घाइतेको उद्धार गरी नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !