१७ असार २०८१, सोमबार

खसोग्गीको हत्या प्रकरणसम्बन्धी रेकर्डिङ अमेरिका र साउदी अरबलाई दिइएको एर्दोआनको भनाई


saudi-arebia

२५ कात्तिक, अङ्कारा, टर्की । टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले शनिबार बताउनुभउको छ ।

हामीले श्रब्य सामग्रीलाई साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएका छौँ, उहाँले टेलिभिजनमार्फत् प्रशारित सम्बोधनमा बताउनुभयो ।

राष्ट्रपति एर्दोआनले भन्नुभयो, “उनीहरूले महाबाणिज्य दूताबासमा भएको विवाद उनीहरूले सुनेका छन् । थाहा पाएका छन् । तर उक्त सामग्रीबारे सहायक लिखित सामग्री भने दिइएको छैन ।”

पत्रकार खसोग्गीलाई अन्तिम पटक गत अक्टोबर २ मा टर्कीमा रहेको साउदी अरबको महाबाणिज्य दूताबासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो । उहाँलाई सोही दिन हत्या गरिएको बताइदै आएको छ ।

उनान्साठी बर्षीय खसोग्गीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारेपनि बढ्दो अन्तराष्ट्रिय दवाबपछि महाबाणिज्यदूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाएको थियो ।

एर्दोआनले उक्त घटनामा साउदी अरबका सबैभन्दा उच्च तहकोको नै निर्देशन रहेको आरोप लगाउनुभएको छ तर टर्कीका केही अधिकारीले भने उक्त घटनामा शक्तिशाली अधिराजकुमार मोहम्मद विन सलमानको सम्लग्नता रहेको हुनसक्ने जनाएका छन् ।

टर्कीको सञ्चारमाध्यमहरू तथा अधिकारीहरूले उक्त श्रव्य सामग्री अङ्रासँग रहेको बताएका र उक्त सामग्री अमेरिकी गुप्तचर संस्था सिआइएका प्रमुख जिना हास्पेलको टर्की भ्रमणका सन्दर्भमा अमेरिकालाई उपलव्ध गराइएको थियो । तर उक्त सामग्री रहेकोबारे वासिङ्टनले कहिल्यै पुष्टि गरेको छैन ।

खसोग्गीको हत्या भएको साउदी अरबले स्वीकार गरेपनि उहाँको मृत शरीरलाई मृत्यु भएको एक महिनापछिसम्म पनि भेटिएको छैन । परिवारले आफ्ना अविभावक पत्रकार खसोग्गीको मृत शरीर दिन सरकारसँग पटक पटक आग्रह गरेका भएपनि एर्दोआनका सल्लाहाकार यासिन आक्तेले गत हप्ता शरीरलाई एसिडमा हाली नष्ट गरिएको हुनसक्ने बताउनुभएको थियो ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !