१९ असार २०८१, बुधबार

बहराइनमा विपक्षी नेता थुनामा


पक्राउ

१८ कात्तिक, दुबई । बहराइनको पुनरावेदन अदालतले शिते विपक्षी अभियानका प्रमुखलाई आइतबार आजीवन जेल सजाय दिएको छ । उनीमाथि खाडी राष्ट्र कतारका लागि जासूसी गरेको आरोप लगाइएको छ ।

हाल कानुनी प्रतिबन्ध लगाइएको अल–वेफाक अभियानका प्रमुख रहेका शेख अली सल्मानलाई गत जुन महिनामा उच्च फौजदारी अदालतले सफाई दिएको थियो । सरकारी वकीलले उक्त आदेशका विरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए ।

साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्ससँगै बहराइनले सन् २०१७ मा कतारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको थियो । इरान र अतिवादी इस्लामिक समूहसँग कतारको सम्बन्ध रहेको भन्दै बहराइनले आफ्ना नागरिकलाई कतारको भ्रमण गर्न र सञ्चार सम्पर्क स्थापित गर्न प्रतिबन्ध लगाएको थियो ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !