१२ असार २०८१, बुधबार

१६ बालकको उद्धार


Nepalpatra

११ साउन, खजुरा बाँके । जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ ।

नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको छ ।

रोजगारीका लागि उत्तराखण्ड लगिरहेको अवस्थामा चेकजाँचका क्रममा थाहा पाएर उनीहरुलाई उद्धार गरिएको हो ।

यसैगरी मानव तस्करीको आरोपमा एसएसबीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णबहादुर नेपाली, अम्बरलाल, चेतबहादुर, तुलबहादुर, मानबहादुर र लल्लु विक रहेका छन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि बाँके प्रहरीलाई बुझाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !