७ मंसिर २०८१, शुक्रबार

वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद


पक्राउ

२५ असार, पर्वत । नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताउनुभयो ।

बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी परेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !