९ मंसिर २०८१, आइतबार

वडा अध्यक्षद्वारा धारिलो हतियार प्रहारले ४ जना गम्भिर घाईते


crimes

१० असार, रौतहट । वडाअध्यक्षले पुरानो रिसबीले सडक विस्तारको नाममा आफ्नो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेको छ ।

रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुदा वडाअध्यक्ष कुशवाहाले धारिलो हतियार प्रहार गरेका हुन् ।

वडाअध्यक्षको बिपक्षी भएको कारणले खेत अगाडि सडक बिस्तार गर्न कागजाती हिसाबले पनि सबै ठाउँ भन्दा बढी चौडा रहेको भनी जग्गा धनी शिव गोबिन्द कुशवाहाले १ महिना अघि रोक लगाएको थियो । रोकाको लागि जिल्ला अदालतबाट आदेश पत्र पठाई सो विवादीत कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलको प्रहरी पूर्व ईन्चार्ज दिनानाथ यादबको नेतृत्वमा खटाईएको थियो ।

तर त्यो बेला पनि वडाअध्यक्ष कुशवाहाले कुनै वास्ता नगरी ईन्चार्ज यादव समेतसँग झगडा गरेको पीडित गोबिनदले बताए । केही दिन यता देखि सडक विस्तार कार्य धेरै विवाद पश्चात रोकिएको थियो ।

पुन सोही बिषयलाई लिएर हिजो सडक ढलाईको वेला पीडित शिवगोबिन कुशवाहा विवाद मिलाएपछि मात्र काम अगाडि बढाउनु होला भन्न खोज्दा वडाअध्यक्ष कुशवाहाले आफ्नो ५० जनाको समूहमा आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जनालाई धारिलो हथियार प्रहार गरी ज्यान लिने गरी टाउको र शरीरको विभिन्न भागमा गम्भिर घाउ बनाएको पीडित कुशवाहाले बताए ।

वडाअध्यक्ष बिजय कुशवाहा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । जुन आशले स्थानीयहरु भोट दिएको थियो ठिक उसको बिपरीत काम गर्न थालेको र दिनहु बढ्दै आतङ्गको कारण त्यहाका स्थानीय बासी त्रसित बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !