७ मंसिर २०८१, शुक्रबार

पहिरामा पुरिएका चारको ३९ घण्टापछि उद्धार


durghatana

३ असार, संखुवासभा । अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो । कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्ड बस्ने ५५ वर्षीय डोजर अप्रेटर बुधन मुण्डा र बिहार बस्ने ४५ वर्षीय इलेक्ट्रोनिक इञ्जिनीयर नन्दकिशोरको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो ।

उद्धारका लागि घटनास्थलमा ६ स्काभेटर र डोजर प्रयोग गरिएको थियो । पहिरो करीब ६० मिटर माथिबाट खसेको थियो । उनीहरुको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !