७ मंसिर २०८१, शुक्रबार

बेपत्ता भएका दुई युवकमध्ये एकको शव फेला


river death

११ जेठ, पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एक जनाकोे शव आज फेला परेको छ ।
बिहीबार दिउँसो नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायक उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

परियारसँगै बेपत्ता भएका २४ वर्षीय चन्द्रबहादुर परियारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कूल पूजा सकेर नुहाउन गएका चार जनामध्ये दुईजना बेपत्ता भएको र दुई जनाको नदीवाटै उद्धार गरिएको थियो ।

सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई उद्धार गरिएको थियो । उद्धार गरिएको दुबै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको अस्पतालले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !