८ बैशाख २०८१, शनिबार

महाशिवरात्रीमा सेवन गरिने गाजा भाङको नशा हटाउने सरल उपचार


शिव

महाशिवरात्रीमा सेवन गरिने गाजा भाङको नशा हटाउने सरल उपचार ! आजको दिन आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपाल लगायत हिन्दु धर्मालम्बी रहेका हरेक ठाऊँमा मनाइँदैछ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो ।

सृष्टिको प्रारंभमा यसै दिन मध्य रात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको मानिन्छ । प्रलय कालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्रि भनिन्छ ।

गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ । साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसम्पतिका दाता मानिन्छन् ।

सृष्टिको प्रारंभमा यसै दिन मध्य रात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको मानिन्छ । प्रलय कालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्रि भनिन्छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन गाजा भागलाई शिवजीको प्रसादको रूपमा सेवन गर्ने प्रचलन छ ।

गाजा भाङ खानेहरू आज शिवालय मन्दिर परिसरमा देख्न सकिन्छ । मलाई याद आउछ । एकपटक हाम्रा साथीहरूले मिठाई पसलमा जाँदा त्यहाँ रहेको लड्डु खाँदा लड्डुमा राखेको भाङले मलाई लागेछ । बाटामा हिड्दा डराई डराई हिड्नुपर्ने र गला सुख्खा हुने जस्तो समस्या देखिएको थियो । मैले यसको उपचारमा प्रयोग गर्ने गाजाको उपचार बाबाको आग्रहमा स्याउ खाएर गरेको थिए तल दिएको छु ।

गाजा भाङ खाँदा देखिने समस्याको उपचार

१. यसको उपचार विषयमा मेरो बुबाले म आतिएको देखेर मलाई २,३ दाना स्याउ खान दिनुभयो स्याउ खानासाथ मलाई नसा कम हुनुको साथै गला सुक्न समेत ठिक भएको थियो । शिवरात्रीमा यसको नसा उतार्न गाजा भाङ खाएकालाई स्याउ खान दिएमा कुनै पनि समस्या देखिदैन ।

यो पनि पढ्नुहोस्

महाशिवरात्री के हो ? यो किन मनाईन्छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !