५ मंसिर २०८१, बुधबार

प्रदेश १ बाट आज एकैदिन ३० जना अस्पतालबाट डिस्चार्ज


अस्पताबाट डिस्चार्ज

विराटनगर, जेठ २२ । प्रदेश १ बाट एकैदिन ३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत २७ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ जना गरी जम्मा ३० जना कोरोना मुक्त भई डिस्चार्ज भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरबाट बिहीबार डिस्चार्ज हुनेमा २३ जना पुरुषहरु र ४ जना महिलाहरु रहेका छन् । डिस्चार्ज हुनेहरु वैशाख ५ गतेदेखि जेठ ९ गतेसम्म भर्ना भएका कोशी अस्पताल कोभिड-१९ ले जानकारी दिएको छ । संक्रमित हुनेमा वैशाख ५ गते अस्पताल भर्ना भएका विराटनगर, मोरङ, सप्तरी, उदयपुर, धनकुटा, मोरंग, झापा, सुनसरी र खोटाङका रहेका छन् । डिस्चार्ज भएका सबैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रा, कोभिड अस्पताल संयोजक ज्ञानबहादुर बस्नेत लगायतले बिदाई गरेका थिए । डिस्चार्ज भएका सबैलाई सम्वन्धित जिल्ला पठाइएको छ ।

आज कोशी अस्पतालवाट डिस्चार्ज हुनेहरुमा उदयपुरका १ जना पत्रकार र धनकुटाका ४ जना स्वास्थ्यकर्मी सहित उदयपुरका १ जना महिला र २ जना पुरुष, झापाका ७ जना पुरुषहरु, मोरङका १ जना महिलासहित ६ जना, सुनसरीका ४ जना, धनकुटाका २ जना महिलाहरु र २ जना पुरुषहरु, खोटाङका १ जना पुरुष र सप्तरीका २ जना पुरुषहरु गरी जम्मा २७ जना डिस्चार्ज भएका हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ जना डिस्चार्ज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !