काठमाडौँ, जेठ १७ । दैलेख जिल्लाको दुल्लु नगरपालिकामा क्वारेन्टाइनमा बसेका १ युवकको आज बिहान ७ बजे मृत्यु भएको छ । उनी भारतबाट आएर जेठ ९ गते नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको ज्यान गएको दुल्लु नगरपालिकाका सुचना अधिकारी शमशेर बहादुर शाहीले पुष्टि गरेका छन् ।
मृतक ३५ वर्षीय ती युवक सहितको टिमलाई दुल्लु नगरपालिकाले विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । उनको बिहीबार कोरोना जाँचका लागि स्वाब लिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । शाहीका अनुसार उनमा ज्वरोका साथै कोरोनाको कुनै पनि लक्षण देखेको थिएन । उनको हृदयघातवाट मृत्यु भएको हुन् सक्ने समेत शाहीले नेपालपत्रलाई बताएका छन् ।