६ जेष्ठ २०८१, आइतबार

संक्रमितको संख्या ६७५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ७२ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

१२ जेठ, काठमाडौं । नेपालमा आज बिहान कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ७२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार रौतहटमा २६ जना, बारामा २३ जना, दैलेखमा ७ जना, बाँकेमा ४ जना, काठमाडौं, धनुषा र कपिलवस्तुमा ३/३ जना, सप्तरीमा २ जना र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान थपिएकाहरुमा काठमाडौंको टोखा नगरपालिका-३, ६ मा २ जना तथा बूढानीलकण्ठ नगरपालिका-३ मा १ जना गरी ३ जना, रौतहटको राजपुर परहदवा-२, ६ र ८ तथा इशनाथ-२ मा २६ जना, बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली-१ मा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका-३ मा ३ जना, बर्दियाको बाँसगढी-९ मा १ जना, बाँकेको राप्ती सोनारी-७ र डुडुवा-२ मा ४ जना, दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ जना र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ६०३ थियो भने आज बिहान ७२ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ८७ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना, बाराको १ जना गरी ४ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणवाट चौथो व्यक्तिको मृत्यु

नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए कोरोनाका नयाँ १९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !