१५ असार २०८१, शनिबार

नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनामुक्त भएर डिस्चार्ज


नारायणी अस्पताल

१० जेठ, काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भई आज शनिबार डिस्चार्ज भएका छन् । उनीहरुमा गरिएको पछिल्लो परीक्षणको २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

उनीहरुमध्ये बारा, पर्सा र रौतहट जिल्लाका हुन् । कोरोना निको हुनेमा १९ देखि ५१ वर्ष उमेर समूहका रहेका छन् । जस अनुसार पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र १ जना भारतीय नागरिक रहेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !