६ जेष्ठ २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए कोरोनाका नयाँ १९ संक्रमित


डा. विकास देवकोटा

११ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार मोरङ, बारा, पर्सा, रौटहट, सर्लाही, रुपन्देही, कपिलवस्तु , गुल्मी, काठमाडौं र नुवाकोट गरी आज १० जिल्लामा कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना ४५ वर्षीय पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल, काठमाडौँमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा स्थायी घर भएका बारामा रहेका ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौतहट स्थायी ठेगाना भएका कलैयामा कार्यरत ३२ वर्षीय पुरुष रहेका छन् ।

साथै सर्लाही हरीपुरका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषहरु, काठमाडौं सोह्रखुटेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष रहेका छन् । यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका २३, ३० र ४० वर्षीया पुरुषहरु, कपिलवस्तुका ३ जना ३५, ३७ र ५२ वर्षीय पुरुषहरु, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुष रहेका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ५८४ थियो भने आज  १९ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । जसमध्ये ५२४ जना पुरुषहरु र ७९ जना महिलाहरु रहेका छन् । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ८७ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ४२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ भने आज आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५८४ पुग्यो, आज दिउसो थपिए कोरोनाका नयाँ ३६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !