१९ असार २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ५३ संक्रमित


डा. विकास देवकोटा

५ जेठ, काठमाडौं । नेपालमा आज फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

यसअघि आज सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा. देवकोटाको अनुसार बाँके, मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ, धादिङ जिल्लाका मानिसमा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार भेरी अस्पतालको प्रयोगशालमा बाँकेका ४६ जना पुरुष र १ जना महिला, विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका १ जना पुरुष, भैरहवाको प्रयोगशालमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सबै १८ देखि ४६ वर्ष उमेरका रहेका छन् । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३०४ थियो भने आज सोमबार फेरि एकैपटक ५३ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । जसमा २९८ जना पुरुषहरु तथा ५९ जना महिलाहरु रहेका छन् । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !