१९ असार २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ ९ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

५ जेठ, काठमाडौं । नेपालमा आज बिहान कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सोमवार बिहान सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

जस अनुसार रौतहट जिल्लाको इशनाथ नगरपालिका-२, ३, ६, र ९ निवासी २१, २१, २३, २५, २९, ३० वर्षीय पुरुषहरु र माधवनारायण नगरपालिका-३ निवासी २८ वर्षीया महिला रहेका छन् भने बारा जिल्लाको करैयामाई नगरपालिका-५ का ३८ वर्षका वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २९५ थियो भने आज बिहान ९ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । अहिलेसम्म नेपालमा २ जनाको कोरोना भाइरसवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २९५ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !