१३ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या २४५ पुग्यो, आज बिहानै थपिए कोरोनाका नयाँ २ संक्रमित


कोरोना पोजेटिभ

१ जेठ, काठमाडौं । नेपालमा आज बिहानै कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ २ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ २ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँ र कपिलवस्तुमा कोरोना संक्रमित भेटिएका हुन् ।

संक्रमण पुष्टि हुनेमा १ जना काठमाडौँ र १ जना कपिलवस्तुका रहेका छन् । जस अनुसार काठमाडौँ चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २४३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २४ संक्रमित

नेपालमा संक्रमितको संख्या २१९ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ १ संक्रमित

नेपालमा संक्रमितको संख्या २१८ पुग्यो, आज थपिए कोरोनाका नयाँ १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !