११ आश्विन २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या २०८ पुग्यो, आज फेरि थपिए कोरोनाका १७ संक्रमित


कोरोना पोजेटिभ

३० वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । उनीहरुको थप विवरण भने आउन बाँकी छ ।

आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २०८ पुगेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !