६ जेष्ठ २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या १०२ पुग्यो, आज नेपालगञ्जमा थपिए कोरोनाका १ संक्रमित


डा. विकास देवकोटा

२६ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशाालमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।

आज शुक्रबार एकैदिन कोरोना जितेर प्रदेश १ बाट ८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार डिस्चार्ज हुनेमा १ महिलासहित ८ जना पुरुषहरु हुन् ।

उनका अनुसार आरडीटीबाट १५४९२ र पीसीआर प्रविधिबाट १५४९२ नमूना परीक्षण भएका छन् । गत २४ घण्टामा १८५९ नयाँ नमूना परीक्षण भएको पनि बताएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या ३० पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १०१ पुग्यो, आज थपिए कोरोनाका २ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !