७ जेष्ठ २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या ९९ पुग्यो, आज थपिए कोरोनाका १७ संक्रमित


डा. विकास देवकोटा

२३ वैशाख, काठमाडौं । नेपालमा आज  कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १७ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा, विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार संक्रमितहरु सवै वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुषहरु र ७ जना महिलाहरु रहेका छन् । जसमा नेपालमा पहिलो पटक २ महिने शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताएका हुन् । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिएका छन् । उपचाररत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नारायणी अस्पताल वीरगन्जबाट कोभिड-१९ निको भएर घर फर्किएका २ जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ । यो संगै एकपटक कोरोना भाइरस निको भएर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएकालाई पुन: कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ३ पुगेको छ ।

बुधबार नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ८२ पुग्यो, आज फेरि नेपालगञ्जमा थपिए कोरोनाका ७ संक्रमित

नेपालमा संक्रमितको संख्या ७५ पुग्यो, आज फेरि बाँकेमा थपिए कोरोनाका ६ संक्रमित

नेपालमा संक्रमितको ६९ संख्या पुग्यो, आज थपिए कोरोनाका १० संक्रमित

नेपालमा संक्रमितको संख्या ५९ पुग्यो, रुपन्देही र बाँकेमा पनि भेटिए कोरोनाका २ संक्रमित

नेपालमा संक्रमितको संख्या ५७ पुग्यो, आज थपिए कोरोनाका ३ जना संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !