५ जेष्ठ २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ७५ पुग्यो, आज फेरि बाँकेमा थपिए कोरोनाका ६ संक्रमित


कोरोना पोजेटिभ

२१ वैशाख, काठमाडौं । नेपालमा आज बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप ६ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो कुराको जानकारी दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु नेपालगंज-८, निवासी १६, २१ र ३४ वर्षका पुरुषहरु तथा ४०, ५५ र ६० वर्षका महिलाहरु छन् । निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि आज आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको स्वाब परीक्षणका क्रममा पहिलो पटक बाँकेको नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो ।

नेपालमा संक्रमितको ७५ संख्या पुग्यो, आज फेरि बाँकेमा थपिए कोरोनाका ६ संक्रमित

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको ६९ संख्या पुग्यो, आज थपिए कोरोनाका १० संक्रमित

नेपालमा संक्रमितको संख्या ५९ पुग्यो, रुपन्देही र बाँकेमा पनि भेटिए कोरोनाका २ संक्रमित

नेपालमा संक्रमितको संख्या ५७ पुग्यो, आज थपिए कोरोनाका ३ जना संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !