५ आश्विन २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ५१ पुग्यो, आज थपिए कोरोनाका २ जना संक्रमित


कोरोना पोजेटिभ

१४ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप २ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१  पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार पर्सामा २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगन्ज निवासी दुवै जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका ३ जना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा २ जनामा पोजिटिभ देखिएको हो ।

दुवै जनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यीमध्ये १ जना महानगरका सफाइ कर्मचारी हुन् । कोरोना  संक्रमितमध्‍ये हालसम्म १२ जना निको भएर घर फर्किएको पनि मन्त्रालयका सह-प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

चितवनका २७ बर्षीय युवकले कोरोनालाई जिते, आइसोलेशनवाट डिस्चार्ज

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १२, आज १ जना निको भएर घर फर्किदै

नेपालमा संक्रमितको संख्या ४९ पुग्यो, आज थपिए कोरोनाका १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !