५ आश्विन २०८१, शनिबार

वीरगन्जमा २ जनामा कोरोना भाइरस संक्रमणको आशंका


कोरोना भाइरस परीक्षण

१४ वैशाख, वीरगञ्ज । वीरगन्ज महानगरपालिका छपकैयाँका थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएको छ । छपकैयाँको मस्जिदमा बसेका ३ जना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा २ जनामा रिपोर्ट पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले बताएको छ ।

तीमध्ये १ जनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । उनी महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई पनि आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

अस्पतालबाट आजै ४ जना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ, जसमा ३ जना जमातीहरु छन् । शनिबार हेटौंडामा गरिएको परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएपछि पहिले नै भर्ना भएका ४ जनालाई उक्त अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

३ पटक कोरोना र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !