काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किनु भएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको उल्लेख गर्नुभएको छ ।
बागलुङकी ६५ वर्षीय महिला कोरोना भाइरस मुक्त भई अस्पतालबाट घर फर्किनुभएको छ। दम र उच्च रक्तचापबाट पीड़ित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको छ।
उहाँको दीर्घायुको कामना गर्दछु।
उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई धन्यवाद!— K P Sharma Oli (@kpsharmaoli) April 18, 2020
प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्कनुभएकामा पनि खुशी व्यक्त गर्नुभएको थियो ।
कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।
— K P Sharma Oli (@kpsharmaoli) April 18, 2020