७ जेष्ठ २०८१, सोमबार

भारत सरकारले ८० करोड जनतालाई ३ महिनासम्म नि:शुल्क दालचामल दिने


नरेन्द्र मोदी

चैत १२, एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसवाट मृत्यु हुने र संक्रमण हुनेको संख्या दिन-प्रतिदिन बढिरहेको छ । बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ३ सातासम्म लकडाउनको घोषणा गरेका छन् ।

भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतका ८० करोड जनतालाई आगामी ३ महिनासम्म नि:शुल्क चामल, गहुँ र दाल दिने भएको छ । ५ किलो चामल वा गहुँमध्ये एक र १ किलो दाल भारत सरकारले ३ महिनासम्म नि:शुल्क दिने भएको हो ।

साथै भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता २००० रुपैयाँ भारु दिने घोषणा पनि गरेको छ । भारतमा अहिलेसम्म ६९० भन्दा बढी कोरोना भाइरसको संक्रमणवाट बिरामी भेटिइसकेका छन् भने १३ जनाको मृत्यु भईसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !