
११ चैत, काठमाडौं । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत उत्पन्न भएको थियो ।
समितिको आज बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको बताएका छन् ।
यस्तो छन् निर्णयहरु