२२ फाल्गुन २०८०, मंगलबार

कोरोना संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु


कोरोना मृत्यु

चितवन । चितवन जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।

जिल्लामा अहिले दशजना सक्रिय सङ्क्रमित छन् । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !