२१ बैशाख २०८१, शुक्रबार

एकैदिन १२४ जना कोरोना संक्रमित थपिए, देशभर ४४४ सक्रिय संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९०३ जनामा पिसिआर परिक्षण गर्दा ७७ जना र १६६३ जनामा एन्टीजेन परिक्षण गर्दा ४७ जना गरी जम्मा २५६६ नमुनाको परीक्षण गर्दा १२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९ जनाले कोरोना जितेर निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ४४४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ३५ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा २१ जना, आईसीयुमा १० जना र भेन्टिलेटरमा ४ जना रहेका छन् ।

हालसम्म नेपालमा ६० लाख २४ हजार २५१ पिसिआर परीक्षण भएको छ भने १५ लाख ४९ हजार ५५६ एन्टीजेन परीक्षण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !