२१ बैशाख २०८१, शुक्रबार

थप ५५ जना कोरोना संक्रमित थपिए, देशभर ३९६ सक्रिय संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जनामा पिसिआर परिक्षण गर्दा ५० जना र ५४५ जनामा एन्टीजेन परिक्षण गर्दा ५ जना गरी जम्मा १२१६ नमुनाको परीक्षण गर्दा ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना जितेर निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ३९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा २४ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा १३ जना, आईसीयुमा ७ जना र भेन्टिलेटरमा ४ जना रहेका छन् ।

हालसम्म नेपालमा ६० लाख २३ हजार ३४८ पिसिआर परीक्षण भएको छ भने १५ लाख ४७ हजार ८९३ एन्टीजेन परीक्षण गरिएको छ । मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएकोले सही तरिकाले माक्स लगाउन अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !