२१ बैशाख २०८१, शुक्रबार

एकैदिन ९९ जना कोरोना संक्रमित थपिए, देशभर ३७३ सक्रिय संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७७ जनामा पिसिआर परिक्षण गर्दा ४१ जना र १४५८ जनामा एन्टीजेन परिक्षण गर्दा ५८ जना गरी जम्मा १६३५ नमुनाको परीक्षण गर्दा ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ जनाले कोरोना जितेर निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ३७३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा २१ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा १७ जना, आईसीयुमा ४ जना र भेन्टिलेटरमा १ जना रहेका छन् ।

हालसम्म नेपालमा ६० लाख २२ हजार ५०९ पिसिआर परीक्षण भएको छ भने १५ लाख ४६ हजार ३४६ एन्टीजेन परीक्षण गरिएको छ । मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको जनाएको छ । मन्त्रालयले कोभिड-१९ का लक्षण देखिने बित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न आग्रह समेत गरेको हो ।

कोरोना संक्रमितको संख्या बढिरहेकोले मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप नलगाएका सवैले नजिकको स्वास्थ्य संस्थाबाट खोपको बारेमा जानकारी लिई आवश्यकताअनुसार पहिलो, दोस्रो वा बुष्टर मात्रा खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !