काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५१८ जनामा पिसिआर परिक्षण गर्दा १३७ जना र २८८३ जनामा एन्टीजेन परिक्षण गर्दा ९० जना गरी जम्मा ४४०१* नमुनाको परीक्षण गर्दा २२७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८३ हजार ९४९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट १२ हजार १० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा ४१ जना, ललितपुर जिल्लामा १३ जना र भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
हाल देशभर २४७३ जना सक्रिय कोरोना संक्रमितमध्ये २३७० जना होम आइसोलेसनमा रहेका छन् भने १०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
हालसम्म नेपालमा ५९ लाख ३ हजार ६४१ पिसिआर परीक्षण भएको छ भने १३ लाख ७५ हजार २४५ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।
*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।