२३ भाद्र २०८१, आइतबार

देशभर २६९ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७३२ जनामा पिसिआर परिक्षण गर्दा १८० जना र १८२५ जनामा एन्टीजेन परिक्षण गर्दा ८९ जना गरी जम्मा ३५५७* नमुनाको परीक्षण गर्दा २६९* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ८२ हजार ३६६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट १२ हजार २ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा ८३ जना, ललितपुर जिल्लामा १७ जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर ३१५८ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ३००४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४६ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ९१ हजार ९३५ पिसिआर परीक्षण भएको छ भने १३ लाख ६० हजार २१० एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !