२ कार्तिक २०८१, शुक्रबार

देशभर थप ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१५५ जनामा पिसिआर परिक्षण गर्दा ४२७ जना र २५८२ जनामा एन्टीजेन परिक्षण गर्दा ४६१ जना गरी जम्मा ५७३७* नमुनाको परीक्षण गर्दा ८८८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७६ हजार ८३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९८९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा १५२ जना, ललितपुर जिल्लामा ४८ जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर ५३८७ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५१८८ जना होम आइसोलेसनमा रहेका छन् भने १९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ५६ हजार ६२८ पिसिआर परीक्षण भएको छ भने १३ लाख १९ हजार ५६१ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !