७ पुस २०८१, आइतबार

देशभर एकैदिन ४३५ जनामा कोरोना पुष्टि, ५६ जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६६७ जनामा पिसिआर परिक्षण गर्दा ३१७ जना र १९०२ जनामा एन्टीजेन परिक्षण गर्दा ११८ जना गरी जम्मा ३५६९* नमुनाको परीक्षण गर्दा ४३५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै गएको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण बढेको हो । हिजो देशभर ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६८ हजार २२८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !