६ मंसिर २०८१, बिहीबार

देशभर थपिए १० जना कोरोना संक्रमित, २६ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३०५८ जनामा पिसिआर परिक्षण गर्दा १० जना र १३४५ जनामा एन्टीजेन परिक्षण गर्दा शून्य गरी जम्मा ४४०३* नमुनाको परीक्षण गर्दा १०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६६ हजार ३९९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५६ लाख ३ हजार १७३ पिसिआर परीक्षण भएको छ भने ११ लाख ५३ हजार ४०७ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ३३४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८८ लाख ५८ हजार १८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ९३ लाख ९१ हजार १६२ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २४ लाख ७४ हजार ८२९ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ४ करोड ७ लाख २४ हजार ९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !