काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७२८ जनामा पिसिआर परिक्षण गर्दा ११ जना र १६२१ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा ४३४९* नमुनाको परीक्षण गर्दा १२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६५ हजार ९३६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ५५ लाख ७१ हजार ९६१ पिसिआर परीक्षण भएको छ भने ११ लाख ३९ हजार ९१६ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ६६९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
आजसम्म १ करोड ८८ लाख ७ हजार ७६७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ९२ लाख ६३ हजार ७३६ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २३ लाख १ हजार ४३८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ४ करोड ३ लाख ७२ हजार ९४२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।
*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।