१२ असार २०८१, बुधबार

देशभर थप ३८ जनामा कोरोना पुष्टि, २६९ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८५५ जनामा पिसिआर परिक्षण गर्दा ३४ जना र १५२१ जनामा एन्टीजेन परिक्षण गर्दा ४ जना गरी जम्मा ५३७६* नमुनाको परीक्षण गर्दा ३८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६९ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५१ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !