१२ असार २०८१, बुधबार

देशभर थप ४४ जनामा कोरोना पुष्टि, ४८१ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४४९५ जनामा पिसिआर परिक्षण गर्दा ३५ जना र २०९९ जनामा एन्टीजेन परिक्षण गर्दा ९ जना गरी जम्मा ६५९४* नमुनाको परीक्षण गर्दा ४४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६३ हजार ५९२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भसंगै हालसम्म कोरोना संक्रमणवाट ११९५१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ९ जना, ललितपुर जिल्लामा २ जना र भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५५ लाख १३ हजार ३१९ पिसिआर परीक्षण भएको छ भने ११ लाख १५ हजार १९८ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर २ हजार ६८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८७ लाख ७ हजार ४८७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८७ लाख ७० हजार ५५९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १९ लाख १३ हजार २७२ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ९३ लाख ९१ हजार ३१८ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !