२० कार्तिक २०८१, मंगलबार

देशभर थप ८२ जनामा कोरोना पुष्टि, २१३ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४७९० जनामा पिसिआर परिक्षण गर्दा ४१ जना र १३८५ जनामा एन्टीजेन परिक्षण गर्दा ४१ जना गरी जम्मा ६१७५* नमुनाको परीक्षण गर्दा ८२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेएका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५० जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १५ जना र ललितपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !