१२ आश्विन २०८१, शनिबार

कोरोना भाइरस : काठमाडौं र भक्तपुर ‘रेड जोन’मुक्त


कोरोना भाइरस

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२, भक्तपुरमा १ र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ११९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५०० भन्दा कम भएसँगै काठमाडौं र भक्तपुर जिल्ला संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’बाट हटेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !