१४ असार २०८१, शुक्रबार

देशभर थप ८८ जनामा कोरोना संक्रमण, ३७६ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६१४५ जनामा पिसिआर परिक्षण गर्दा ६६ जना र २४९३ जनामा एन्टीजेन परिक्षण गर्दा २२ जना गरी जम्मा ८६३८* नमुनाको परीक्षण गर्दा ८८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५९ हजार ४६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९४८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २२ जना, ललितपुर जिल्लामा ६ जना र भक्तपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ५२ हजार २२० पिसिआर परीक्षण भएको छ भने १० लाख ७९ हजार ४०५ एन्टीजेन परीक्षण गरिएको छ भने १०८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ६ हजार १५० जना सक्रिय कोरोना संक्रमितमध्‍ये ६ हजार ३० जना होम आइसोलेसनमा रहेका छन् भने १२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४४ जना आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आजसम्म १ करोड ८५ लाख ४३ हजार १५५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८० लाख २१ हजार ५०८ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १४ लाख २२ हजार ५ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ७९ लाख ८६ हजार ६६८ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !