१२ असार २०८१, बुधबार

देशभर थप १२६ जनामा कोरोना संक्रमण, ३८५ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०९१ जनामा पिसिआर परिक्षण गर्दा १११ जना र १८४२ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा ८९३३* नमुनाको परीक्षण गर्दा १२६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५८ हजार १९३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९४५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २५ जना, ललितपुर जिल्लामा ६ जना र भक्तपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ३३ हजार १८७ पिसिआर परीक्षण भएको छ भने १० लाख ६९ हजार ७१८ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ७ हजार २४२ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आजसम्म १ करोड ८५ लाख २२ हजार ५९५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ७६ लाख ८१ हजार ४३ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १२ लाख ३१ हजार ४२ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ७४ लाख ३१ हजार ६४० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !