१२ असार २०८१, बुधबार

देशभर थप ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५०८ जनामा पिसिआर परिक्षण गर्दा १५१ जना र २२३५ जनामा एन्टीजेन परिक्षण गर्दा १६७ जना गरी जम्मा ७७४३* नमुनाको परीक्षण गर्दा ३१८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५४ हजार ९०३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९३१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५४ लाख २ हजार २१४ पिसिआर परीक्षण भएको छ भने १० लाख ५० हजार ५५८ एन्टीजेन परीक्षण गरिएको छ भने १०७ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८४ लाख ३५ हजार १५१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ७२ लाख ३५ हजार ९३८ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १० लाख २० हजार ५४१ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ६६ लाख ९१ हजार ६३० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !