१२ असार २०८१, बुधबार

देशभर थप ४७६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६६०४ जनामा पिसिआर परिक्षण गर्दा २९९ जना र २८२० जनामा एन्टीजेन परिक्षण गर्दा १७७ जना गरी जम्मा ९४२४* नमुनाको परीक्षण गर्दा ४७६* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५३ हजार ४३० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९२८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १०१ जना, ललितपुर जिल्लामा १० जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५३ लाख ९१ हजार ६०३ पिसिआर परीक्षण भएको छ भने १० लाख ४४ हजार ७३३ एन्टीजेन परीक्षण गरिएको छ भने १०७ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८३ लाख ९१ हजार १०७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ७७ लाख ८६ हजार १३३ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ९ लाख ४३ हजार ९५६ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ७१ लाख २१ हजार १९६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !