८ पुस २०८१, सोमबार

देशभर थप ६८० जनामा कोरोना संक्रमण, १८३५ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२५६ जनामा पिसिआर परिक्षण गर्दा ४८९ जना र २८३९ जनामा एन्टीजेन परिक्षण गर्दा १८२ जना गरी जम्मा ७०९५* नमुनाको परीक्षण गर्दा ६८०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८३५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ४२ हजार ७३७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९०२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १७० जना, ललितपुर जिल्लामा २४ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५३ लाख ५० हजार ७२१ पिसिआर परीक्षण भएको छ भने १० लाख २२ हजार ५०४ एन्टीजेन परीक्षण गरिएको छ भने ११२ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८२ लाख ७१ हजार ६३७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ६५ लाख ४९ हजार ४८९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ७ लाख ५४ हजार ५८८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ५५ लाख ७५ हजार ७१४ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !