काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ललितपुर जिल्लाका विभिन्न खोप केन्द्रबाट आजदेखि कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज दिन सुरु गरिएको छ ।
आज माघ ४ गते मंगलदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई ललितपुर जिल्लाका विभिन्न ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको हो । काठमाडौंमा हिजोदेखि खोप दिइएको छ भने ललितपुर महानगरमा भने आज मंगलबारबाट खोप दिन लागिएको हो ।
तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ ।
हेर्नुहोस् ललितपुरका यी ठाउँहरुमा लगाइदैछ कोरोनाको ‘बुस्टर डोज’ (सूची)
यो पनि पढ्नुहोस्