६ जेष्ठ २०८१, आइतबार

देशभर आज थप ३२६ जनामा कोरोना पुष्टि, २५५ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७०० जनामा पिसिआर परिक्षण गर्दा २९१ जना र २७९८ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी ३२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १२ हजार ६७४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५९८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १४० जना, ललितपुर जिल्लामा २८ जना र भक्तपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४८ लाख ८० हजार २४ पिसिआर परीक्षण भएको छ भने ८ लाख ३४ हजार ४१७ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ४३ लाख ६० हजार ६८३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ५ लाख ९७ हजार ७९७ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ४९ लाख ५८ हजार ४८० मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !