८ पुस २०८१, सोमबार

देशभर थप २३५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८८५ जनामा पिसिआर परिक्षण गर्दा २२४ जना र १९९९ जनामा एन्टीजेन परिक्षण गर्दा ११ जना गरी २३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार ९५८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५९४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ११४ जना, ललितपुर जिल्लामा ३२ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४८ लाख ५९ हजार ३५५ पिसिआर परीक्षण भएको छ भने ८ लाख १३ हजार ९९८ एन्टीजेन परीक्षण गरिएको छ भने १०३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ८७९ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ४० लाख ३६ हजार ६६१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ३ लाख ८४ हजार ८५१ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ४४ लाख २१ हजार ५१२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !