६ जेष्ठ २०८१, आइतबार

देशभर थप २४१ जनामा कोरोना पुष्टि, २२८ जना भए निको

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६८१४ जनामा पिसिआर परिक्षण गर्दा २३५ जना र २०८३ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार ७४६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । तर हिजोसम्म कोरोना संक्रमणवाट ११५९० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ४८ लाख ५१ हजार ४७० पिसिआर परीक्षण भएको छ भने ८ लाख १२ हजार ७९९ एन्टीजेन परीक्षण गरिएको छ भने १०३ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ३९ लाख ७१ हजार ६६८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ३ लाख १० हजार ६९२ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ४२ लाख ८२ हजार ३६० मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !